जनता टाइम्स

६ जेष्ठ २०७९, शुक्रबार ०८:१५

मुलुकका धेरै क्षेत्रमा वर्षाको सम्भावना


काठमाडौं, जेठ ६ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने जनाएको छ । महाशाखाले आज प्रदेश १, बागमती, गण्डकी र अन्य प्रदेशका पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । आज बिहान पनि बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शनिबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आइतबार पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना छ ।