काठमाडौं, जेठ ६ । काठमाडौं महानगरपालिका– ३२ को वडाध्यक्षमा गठबन्धनलाई हराउँदै नेकपा एमालेका नवराज पराजुली विजयी हुनुभएको छ ।
पराजुलीले ५, ९५९ मत पाउँदा प्रतिस्पर्धी नेकपा एसकी सीता कँडेलले ३, ०१६ मत पाउनुभयो ।
यो वडाबाट मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५, २९२, एमालेका केशव स्थापितले २, ४५८ र कांग्रेसकी सिर्जना सिंहले १, ९०० मत पाउनुभएको थियो । यो कोटेश्वर–पेप्सीकोला क्षेत्र हो, जहाँबाट माधवकुमार नेपाल चुनाव लड्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्