काठमाडौं, जेठ ६ । काठमाडौं महानगरपालिका– ३२ वडाको वडाध्यक्षमा गठबन्धनलाई हराउँदै नेकपा एमालेका नवराज पराजुली निर्वाचित हुनुभएको छ । एमाले नेता पराजुलीले ५ हजार ९ सय ५९ मत प्राप्त गरी बिजयी हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी सीता कँडेलले ३ हजार १६ मत पाउनु भएको छ । यसैगरी सदस्यहरुमा एमालेकै हिरा देबी पोख्रेल, सीता बिशुङ्खे, भगवान बुढाथोकी, हरि बस्नेत बिजयी हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्