जनता टाइम्स

६ जेष्ठ २०७९, शुक्रबार ०९:२२

पर्साको छिपहरमाई गाउँपालिका अध्यक्षमा एमाले विजयी, मनोज बने अध्यक्ष


पर्सा, जेठ ६ । पर्साको छिपहरमाई गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । एमालेका छिपहरमाईं गाउँपालिका अध्यक्ष उम्मेदवार मनोजकुमार कुमार गुप्ता निर्वाचित हुनुभएको छ ।

जनता समाजवादी पार्टीका इन्द्रासन कलवारलाई पराजित गर्दै एमालेका उम्मेदवार मनोज निर्वाचित हुनुभएको हो । मनोज कुमारले ४ हजार १ सय ८८ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी कलवारले ३ हजार ८ सय ६८ मत प्राप्त गर्नुभएको छ । मनोज २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उक्त गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

गाउँपालिका उपाध्यक्षमा भने कांग्रेसकी उम्मेदवार निर्वाचित हुनुभएको छ । कांग्रेसकी उपाध्यक्ष उम्मेदवार लिलावतीदेवी कानु निर्वाचित हुनुभएको छ । उहाँले ३ हजार ५ सय ९० मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेकी उम्मेदवार मोदिना खातुनले ३ हजार ५ सय ९० मत प्राप्त गर्नुभएको छ ।