जनता टाइम्स

६ जेष्ठ २०७९, शुक्रबार १४:१२

झापाको बिर्तामोडमा गठबन्धन पराजित, एमालेकी पवित्रा मेयर र चन्द्र उपमेयर निर्वाचित


झापा, जेठ ६ । झापाको बिर्तामोड नगरपालिकामा नेकपा एमालेले गठबन्धनविरुद्ध सानदार जीत निकालेको छ । गठबन्धनलाई तोडदै एमालेले विर्तामोडमा मेयर र उपमेयरसहित बहुमत वडामा जीत हासिल गरेको हो ।

बिर्तामोडका मेयरमा एमालेकी पवित्रादेवी महतारा १६ हजार ५ सय २० मत ल्याई विजयी हुनुभएको छ । महताराले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार भोजराज सिटौलालाई ३ हजार ७ सय ५८ मतको अन्तरले पराजित गर्नुभयो । पराजित सिटौलाले १२ हजार ७ सय ६२ मत ल्याउनु भएको छ ।

यस्तै उपमेयरमा पनि एमालेकै उम्मेदवार नगेन्द्रप्रसाद संग्रौला १५ हजार ५ सय ८६ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार चन्द्रप्रसाद कडरियाले ८ हजार ४ सय ५१ मत ल्याउनु भएको छ ।

बिर्तामोडमा यसअघि पनि एमालेले मेयर र उपमेयर जितेको थियो । एमाले हराउन कांग्रेस र माओवादी मिले पनि एमालेले सहज जीत निकालेको छ । बिर्तामोडको वडा नम्बर १, २, ३, ४, ७ र ९ वडा एमालेले जितेको छ ।