जनता टाइम्स

६ जेष्ठ २०७९, शुक्रबार १७:०८

पर्साको सखुवा प्रसौनी गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी


काठमाडौं, ६ जेठ ।  पर्सा – पर्साको सखुवा प्रसौनीको अध्यक्षमा एमाले र उपाध्यक्षमा जनता समाजवादी पार्टी जसपाले जित हात पारेको छ । गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार जसवन्त यादव ६ हजार ६४१ मतसहित निर्वाचित हनुभएको छ । उहाँले निकट प्रतिस्पर्धी तथा पूर्व पालिका अध्यक्ष प्रदीप जयसवाललाई १ हजार ८ सय ३१ मतले हराउँदै उहाँ विजयी हुनुभएको हो ।

यस्तै उपाध्यक्षमा जसपाकी उम्मेदवार शर्मिला बिष्ट ४ हजार ४ सय ६८ मतसहित निर्वाचित हुनुभएको छ । नेकपा एमालेकी फूलमतीकुमारी थारुलाई २ सय १२ मतान्तरले पछि पार्दै बिष्ट विजयी हुनुभएको हो ।