जनता टाइम्स

६ जेष्ठ २०७९, शुक्रबार १७:१५

पथरी शनिश्चरे नगरपालिकामा एमाले विजयी, प्रमुखमा तुम्वापो र उपप्रमुखमा काफ्ले बिजयी


मोरङ, जेठ ६ । मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन । पथरी शनिश्चरेको प्रमुखमा मोहन तुम्वापो १२ हजार ६ सय ६३ मत प्राप्त गरी बिजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नगेन्द्रबहादुर सुब्बाले १० हजार ९ सय मत पाउनु भएको छ । प्रमुखका अर्का उम्मेदवार माओवादीका दिननाथ तिम्सिनाले ३ हजार १०३ मत पाउनु भएको छ ।

यसैगरी उपमेयरमा एमालेकै देवीमाया काफ्ले ११ हजार ५०२ मत ल्याएर विजयी हुनुभएको छ । काफ्नैकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कविता पराजुलीले ११ हजार १६६ मत प्राप्त गर्नुभएको छ ।