जनता टाइम्स

६ जेष्ठ २०७९, शुक्रबार १९:११

रुपन्देहीको गैडहवामा गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी


रूपन्देही, जेठ ६ । सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै रुपन्देहीको गैडहवा गाउँपालिकामा नेकपा एमालेले सानदार जीत निकालेको छ । गैडहवामा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पौडेल विजयी हुनुभएको छ ।

पौडेलले ५ हजार ६ सय ३१ मत ल्याएर बिजयी बन्दा उहाँका प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका बसीउल्लाह मुसलवानले ४ हजार ३ सय ८८ मत पाउनु भएको छ ।

पालिका उपाध्यक्षमा पनि एमालेबाट उम्मेदवार माधुरी जैसवाल विजयी हुनुभएको छ । जैसवालले ४ हजार ७ सय ५६ मत ल्याएर बिजयी हुनुभएको हो । उहाँका प्रतिस्प्र्धी नेपाली कांग्रेसकी मन्जु न्यौपानले ४ हजार ६ सय ५९ मत पाउनु भएको छ ।