जनता टाइम्स

६ जेष्ठ २०७९, शुक्रबार २०:०१

काठमाडौं–२९ मा ६४ भोट ‘गायब’ : एमालेले निर्वाचन आयोगमा उजुरी दिने


काठमाडौं, ६ जेठ । काठमाडौं महानगरको वडा नम्बर २९ मा खसेको भन्दा ६४ कम भोट मात्रै गणना भएपछि एमालेले विरोध जनाएको छ । आज आएको मत परिणाम अनुसार यो वडाको वडाध्यक्षमा कांग्रेस उम्मेदवारले एमालेलाई ५१ भोटले हराएका छन् ।एमालेका वडा सचिव राजेश शाक्यका अनुसार मतदानपछि तीन वटा बुथमा गरेर ५ हजार ८ भोट खसेको रिपोर्ट निर्वाचन आयोगले दिएको थियो ।

तर, अहिले मतगणना क्लोजिङ हुँदा ४९४४ मात्रै गणना भएको छ । शाक्यले भन्नुभयो , ‘हामी ५१ मतले हार्यौं, तर ६४ मत गायब भएका छन् । यदि ती मत एमालेको पक्षमा भए त जित्न सक्थ्यौँ नि ?’ यसमा विरोध जनाउँदै एमालेले निर्वाचन आयोगमा निवेदन दिने भएको छ ।