जनता टाइम्स

७ जेष्ठ २०७९, शनिबार ०७:३८

ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा एमालेका श्रेष्ठ निर्वाचित


ललितपुर, जेठ ७ ।  ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठ ९ हजार ३ सय ५० मतसहित निर्वाचित हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले ५ हजार ६ सय ५८ मत प्राप्त गर्नु भएको छ ।

यस्तै, उपमेयरमा भने नेपाली कांग्रेसकी लक्ष्मी महर्जन निर्वाचित हुनुभएको छ । उहाँको ९ हजार ५ सय ९१ मत छ भने एमालेकी विणा महर्जनको ८ हजार ६ सय ८३ मत रहेको छ ।