जनता टाइम्स

७ जेष्ठ २०७९, शनिबार ०८:२५

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता कायमै


काठमाडौं, जेठ ७ ।  दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारले अग्रता कायमै राखेका छन्।२५ हजार ६८३ मत गणना गर्दा एमालेका मेयरका उम्मेदवार टीकाराम खड्काले गठबन्धनतर्फबाट नेपाली कांग्रेसको उम्मेदवार गेहेन्द्र गिरीलाई ७१ मत पछाडि पार्नुभएको छ।

खड्काले १० हजार ६०५ मत र गिरीले १० हजार ५३४ मत प्राप्त गर्नुभएको छ। यसैगरी उपमेयरमा शुरुआतदेखि नै अग्रस्थानमा रहेका एमालेकी स्यानी चौधरी मतान्तर बढाउँदै लग्नुभएको छ । चौधरीले चौधरीले नौ  हजार ९१७ मत र गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का जोगबहादुर रानाले आठ हजार ९९ मत प्राप्त गर्नुभएको छ। । तुलसीपुर उपमहानगरमा ७४ हजार ३९३ मत खसेको छ।