जनता टाइम्स

७ जेष्ठ २०७९, शनिबार ११:४०

बलात्कार घटनालाई लिएर एक अर्काबिरुद्ध खनिए निशा र आसिफ : फेसबुकमै दिए ‘श्रद्धाञ्जली’


काठमाडौं, जेठ ७ । आठ वर्ष अगाडि सौन्दर्य प्रतियोगितामा एक युवतीमाथि भएको यौन उत्पीडन सार्वजनिक भएसँगै सेलिब्रेटीहरु एकअर्कामाथि खनिन थालेका छन । हिंसामा परेकी पीडितलाई सहयोग नगरेको भनेर पूर्वमिस नेपाल माल्भिका सुब्बा समेत विवादमा तानिएपछि सेलिब्रेछीहरु सामाजिक सञ्जालमै एकअर्काबिरुद्ध खनिन थालेका हुन ।

पूर्वमिस नेपाल माल्भिकामाथि गालीगलौजको वर्षा हुन थालेपछि केही सेलिब्रिटी बचाउमा उत्रिएका छन । यही क्रममा अभिनेता तथा गायक असिफ साहले फेसबुकमा स्टाटस नै लेखेर उनीहरुप्रति आफ्नो आक्रोश पोख्दा बिवाद बढेको छ । सो बिषयमा विषयमा अभिनेत्री निशा अधिकारीसँग शाहको भनाभन भएको छ ।

आसिफले गल्ति स्वीकार्दैमा गल्ति कम नहुने र नामको मात्र नारीवादी हुन बन्द गरौँ भन्ने आशयको स्टाटस लेख्नुभएको थियो । उक्त स्टाटस हालेको केहीबेरमै निशाले उनलाई दिग्गज व्यक्ति भएर यस्तो पोष्ट हालेको नसुहाएको भन्दै कमेन्ट गर्नुभयो । सो बिषयले बादबिवाद निकै बढेको छ ।

यस्तो छ निशा र असिफको झगडा

असिफको पहिलो पोस्ट : डबल स्टयान्डर्ड । नेपाली सेलिब्रेटी भनाउँदाहरु ‘मोर पावर टु यु दिदी’ को नारा लाउँदैछन् । वाईयातहरु । गल्ति स्विकार्दैमा गल्ति कम हुन्छ ? शून्य शहनसिलताका नाटकीहरु । नो पावर टू यू ।

निशाको प्रतिक्रिया : यो संवेदनशील विषयमा बोलेर हाम्रो असिफ दाईले पनि मास पोइन्ट र ब्राउनी पोइन्ट कमाइरहनु भएको छ । बलात्कारको कुरामा माफीको पछाडी लाग्नुभएको छ यस्तो दिग्गज व्यक्ति । एक वर्षभित्र रिपोर्ट गर्नुपर्ने कानुनी व्यवस्था संशोधनको माग भइराख्दा खोइ तपाईलाई त कतै देखिन त रु तर असिफ दाईलाई सेलिब्रेटीको कमेन्ट बाहेक अरु कुनै पनि कुरा नजर आएन । त्यसमा कमेन्ट गर्न पो अझ रमाईलो रु अझ लाईक्स, अझ फलोअर्स ! जिरो रेस्पेक्ट !

अहिले त्यो पीडितको हात समाएर कानूनी व्यवस्था र नीतिबारेको ज्ञान राखेर बोल्न सक्ने क्षमता छैन भने त चुप लाग्नु नै ठीक होला । अहिलेसम्मको रेप केसहरु बिग्रेको यस्तै ब्राउनी पोइन्टहरु कलेक्ट गर्नाले हो । मिडियामा यत्रो लागेर यति ज्ञान नभएकोमा तपाईको संवेदनशीलतालाई ‘रेस्ट ईन पिस’ ।

असिफ साहको जवाफः तिमीहरु आफ्नो सहुलियत र अनुकुलताअनुसार नारीवादको कवच लगाउँछौ । यस्ता पाखण्डीबाद सोचलाई हार्दिक श्रद्धाञ्जली ।