जनता टाइम्स

७ जेष्ठ २०७९, शनिबार ११:५१

बाजुराको बुढीनन्दामा एमालेका जनक बोहोरा मेयरमा विजयी, उपमेयर पनि हार्यो कांग्रेस


बाजुरा, जेठ ७ । बाजुराको बुढीनन्दा नगरपालिकामा एमालेका जनककुमार बोहरा विजयी हुनुभएको छ। एमाले उम्मेदवार बोहराले ५ हजार १ सय १५ ल्याएर मेयरमा बिजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसको पदम गिरीले ३ हजार २ सय ७१ मत पाउनु भएको छ ।

यसैगरी उपप्रमुखमा एमालेले समर्थन गरेका स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा विजयी हुनुभएको छ ।
बोहोराले ४ हजार ७७ मत ल्याउनु भएको छ भने नेपाली कांग्रेसककी रितादेवि सिंहले ३ हजार ६ सय ७७ मत पाउनु भयो ।