जनता टाइम्स

७ जेष्ठ २०७९, शनिबार १२:२९

मकवानपुरको मनहरीमा दुई बच्चासहित बाबुआमा रहेको कार दुर्घटना, श्रीमतीको अवस्था चिन्ताजनक


हेटौंडा, ७ जेठ । मकवानपुरको मनहरीमा कार दुर्घटना भएको छ । दुर्घटनामा हेटौंडा–९ का योग्यराज सापकोटा गम्भीर घाइते भएका छन् । आज बिहान मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको सापकोटा सवार प्रदेश–३–०१ ०२४ च २९३१ नम्बरको कार रोकिराखेको ट्यांकरसँग ठक्कर खाएको मकवानपुर प्रहरीले जनाएको छ ।

उक्त कारमा सापकोटासहित उहाँकी श्रीमती, उहाँका दुईजना बच्चा रहेको र सबै घाइते भएको जनाइएको छ । घाइते ४ जनालाई उद्धार गरी उपचारका लागि चितवन स्थित पुरानो मेडिकल कलेज लगिएको जनाइएको छ । सापकोटाको र उहाँकी श्रीमतीको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।