जनता टाइम्स

७ जेष्ठ २०७९, शनिबार १३:०६

हेटौंडाको मेयर–उपमेयर हर्दा पनि १९ मध्ये ८ वडामा एमालेको जीत, यी हुन नगरपालिका हाँक्ने प्रतिनिधि


मकवानपुर, जेठ ७ । स्थानीय तह निर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएकी नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा र उपमेयर पदमा गठबन्धनबाटै उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका राजेश बानियाँ विजयी हुनुभएको छ ।

कुल १९ वटा वडा रहेको हेटौंडामा नेकपा एमालेले ९ वटा वडा जितेको छ भने कांग्रेसले ८ वटा र नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रले एक/एक वडामा विजय हासिल गरेको छ । एमालेले हेटौंडाको वडा नम्बर ४, ५, १०, ११, १३, १४, १५, १८ र १९ जितेको हो ।यस्तै कांग्रेसले १, २, ३, ६, ७, ८, १६ र १७ नम्बर वडा, नेकपा एसले ९ नम्बर वडा र माओवादी केन्द्रले १२ नम्बर वडामा विजय हासिल गरेका छन् ।

एमालेबाट हेटौंडा ४ मा नविन सिग्देल (२११२), ५ मा सुशील घिमिरे (२५३०), १० मा फुर्वादोर्जे तामाङ (९७२), ११ मा जुना दाहाल (१५१४), १३ मा पेम्बा लामा (१३१५), १४ मा दीपक खड्का (१७८२), १५ मा सुनिल मोक्तान (२४९१), १८ मा अनिल कुमार बानियाँ (१८९८) र १९ मा नरनाथ सुवेदी ‘नवराज’ (१४२३) विजयी हुनुभएको छ ।

यस्तै, कांग्रेसबाट वडा नम्बर १ मा सविन न्यौपाने (१४६७), २ मा विष्णुगोपाल महर्जन (१२५८), ३ मा ढलकबहादुर थापा (१५८४), ६ मा बिष्णुबहादुर दाहाल (११८१), ७ मा दामोदर गौतम (१४९०), ८ मा राम थापा (२२१३), १६ मा रामकृष्ण कोइराला (२४३८) र १७ उद्धव सत्याल (१३१४) विजयी हुनुभएको छ । नेकपा एसबाट हेटौंडा ९ मा सुकराम केसी (२३४५) र माओवादीबाट हेटौंडा १२ मा ललितबहादुर घलान (१३७१) विजयी हुनुभएको छ ।

२०७४ सालमा निर्वाचनमा एमालेले १२ वटा वडा अध्यक्ष जितेको थियो भने कांग्रेसले ५ र माओवादीले २ वटा वडा जितेको थियो । यसपटक एमालेले प्रमुख–उपप्रमुखसहित तीन वडा गुमाएको छ । एमालेबाट हेटौंडामा मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्ले उम्मेदवार हुनुहुन्थ्यो ।