जनता टाइम्स

७ जेष्ठ २०७९, शनिबार १६:५३

मेयरमा भारी मातान्तरसहित हार्दा सत्ता गठबन्धनलाई भारी मतान्तरमै हराउँदै बुटवलको उपमेयर सावित्रा निर्वाचित


रुपन्देही, जेठ ७ । बुटवल उपमहानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डेय विजयी हुँदा उपप्रमुखमा नेकपा एमालेकी सावित्रादेवी अर्याल विजयी हुनुभएको छ ।

एमाले केन्द्रीय सदस्यसमेत रहनुभएकी अर्यालले गठबन्धनबाट उपप्रमुखमा उम्मेदवार बनेका एकीकृत नेकपा समाजवादीका चिनबहादुर गुरूङलाई फराकिलो मत अन्तरले पराजित गर्दै बिजयको माला पहिरिनु भएको हो । उपप्रमुखमा विजयी एमाले नेतृ अर्यालले २४ हजार ९ सय ४ मत ल्याउँदा गुरूङले १६ हजार ९ सय ८० मत मात्र पाउनु भएको छ ।

बुटवलमा महिलाहरू मात्रैले स्थापना गरेको रेडियो मुक्तिको पूर्वअध्यक्ष, रेडियो मदन पोखराको संस्थापक सदस्य, लुम्बिनी टेलिभिजनको संस्थापक सदस्य अर्याल बुटवलवासीको मन जितेर उमपेयरमा निर्वाचित हुनुभएको हो । बुटवलवासीसँग नजिक रहेकी अर्यालले पाँच दलीय गठबन्धनबाट नगर प्रमुख र उपप्रमुख दुबै पदमा पुरूष उम्मेदवार भएपछि त्यसको फाइदा लिन सफल हुनुभएको छ ।

यसअघिको निर्वाचनमा पनि नेपाली कांग्रेस र माओवादी केन्द्र दुबै दलबाट नगर प्रमुख र उपप्रमुख दुवै पदमा पुरूष उम्मेदवार बनेपछि एमालेकी गोमादेवी आचार्य झण्डै १० हजार मत अन्तरले निर्वाचित हुनुभएको थियो ।