जनता टाइम्स

७ जेष्ठ २०७९, शनिबार १८:५८

तुलसीपुर उपमहानगरपालिकामा एमाले उम्मेदवारले लिए अग्रता


दाङ, ७ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार टीकाराम खड्काले अग्रता लिनुभएको छ । ३१ हजार १५८ मत गणना हुँदा एमालेका खड्काले १३ हजार ५४ मत र गठबन्धनका गिरीले १२ हजार ५६७ मत ल्याउनुभएको छ ।

एमालेका खड्का कांग्रेसका गिरीभन्दा ४८७ मतले अघि हुनुहुन्छ । खड्काले मत अन्तर बढाउँदै लग्नुभएको छ । त्यसअघि गिरी र खड्काबीच कडा प्रतिस्पर्धा थियो । उपमेयरमा भने एमालेकी स्यानी चौधरीले सुरुवाती अग्रतालाई कायम गर्दै आउनुभएको छ।

उहाँले नेकपा एकीकृत समाजवादीकी उम्मेदवारलाई फराकिलो मतले पछि पार्नुभएको छ । चौधरीले १२ हजार २८५ मत प्राप्त गर्नुभएको छ भने एकीकृत समाजवादीका जोगबहादुर रानाले ९ हजार ५७४ मत ल्याउनुभएको छ । एमालेकी चौधरी गठबन्धनका राना भन्दा २ हजार ११ मतले अगाडी हुनुहुन्छ ।