जनता टाइम्स

८ जेष्ठ २०७९, आईतवार ०६:५४

काठमाडौं अपडेट : बालेन ३८ हजार, स्थापित र सिंह २१-२१ हजार


काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिकाको जारी मतगणनाको ताजा परिणाम आएको छ । पछिल्लो परिणामअनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ३८, ३३३ मत पाएका छन् ।नेकपा एमालेका उम्मेदवार केशव स्थापितको २१,००८ र कांग्रेसकी सिर्जना सिंहको २१, २९९ मत आएको छ । पछिल्लो समय सिंहले स्थापितलाई उछिन्नु भएको छ। काठमाडौंमा अहिलेसम्म १३ वडाको मतगणना सकिएको छ ।