धनगढी, ८ जेठ । कैलालीको धनगढीमा रहेको धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी हुनुभएको छ । आइतबार बिहान सार्वजनिक अन्तिम परीणाम अनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयर बन्नुभएको हो ।
हमाल २६ हजार ४४३ मतसहित विजयी हुँदा निवर्तमान मेयरसमेत रहेका वडले १४ हजार १४६ मत पाउनुभयो । उपमेयरमा गठबन्धनकालाई हराउँदै एमालेकी कन्दकलाकुमारी राना विजयी हुनुभएको छ । गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की शान्ति अधिकारीलाई हराउँदै राना उपमेयर बन्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्