जनता टाइम्स

८ जेष्ठ २०७९, आईतवार १३:३२

भीम रावलको आक्रोश : नेपालको असंलग्न स्वतन्त्र परराष्ट्र नीति समाप्त भएको हो गठजोड सरकार ?


काठमाडौं, जेठ ८ । नेपाल भ्रमणमा रहनुभएकी अमेरिकी उपमन्त्री उज्रा जियाको तिब्बती शरणार्थी भ्रमणलाई लिएर नेकपा एमालेका नेता भीम रावलले सरकारमाथि कडा प्रश्न गर्नुभएको छ ।

सुरक्षा स्कर्टिङमा उपमन्त्री शरणार्थी शिविर पुगेको भन्दै पूर्वपरराष्ट्र मन्त्रीसमेत रहनुभएका रावलले के नेपालको असंलग्न स्वतन्त्र परराष्ट्र नीति समाप्त भएको हो, गठजोड सरकार ? भन्दै प्रश्न गर्नुभएको हो । रावलले आज ट्वीट गर्दै सरकारको यो कदमको बिरोध गर्नुभएको हो ।

‘नेपाल प्रहरीको स्कर्टिङमा अमेरिकी उपमन्त्री एवं तिब्बती मामिला संयोजक उज्रा जिया दूताबासका उपप्रमुखसहित जाउलाखेल, तिब्बती शरणार्थी शिविर पुगेकी छन ! एमसीसी सम्झौता अनुमोदन पछि पहिलो हस्तक्षेपकारी कार्य । के नेपालको असंलग्न स्वतन्त्र परराष्ट्र नीति समाप्त भएको हो, गठजोड सरकार ?,’ रावलले भन्नुभएको छ ।