जनता टाइम्स

८ जेष्ठ २०७९, आईतवार १३:४९

एमालेले जित्यो कञ्चनपुरको शुक्लाफाँटाको मेयर


काठमाडौं, जेठ ८ । नेकपा एमालेले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयर जितेको छ।एमाले उम्मेदवार रणबहादुर महरा मेयर निर्वाचित हुनुभएको हो । उहाँले ६७७३ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका चिन्तामणि भट्ट पराजित हुनुभएको छ। उहाँले ६२६४ मत प्राप्त गर्नुभएको छ ।उपमेयर भने नेपाली कांग्रेसले जितेको छ। कांग्रेस उम्मेदवार कल्पनाकुमारी जोशीले उपमेयर विजयी हुनुभएको हो । उहाँले ६५१९ मत पाउनुभयो भने नेकपा एकीकृत समाजवादीका माधवप्रसाद पन्तले ५३६० मत ल्याएर हुनुभयो ।