जनता टाइम्स

८ जेष्ठ २०७९, आईतवार १८:०१

लमजुङका ७५ वडामध्ये दुई वडामा मात्र महिला निर्वाचित


लमजुङ, ८ जेठ । लमजुङको ७५ वटा वडा मध्ये दुई वडामा मात्र महिला वडाध्यक्ष निर्वाचित भएका छन् । बेँसीशहर नगरपालिका वडा ८ र दोर्दी गाउँपालिका वडा ७ मा महिला वडाध्यक्षमा विजयी भएका छन् । बेँसीसहर नगरपालिका ८ मा नेकपा एमालेकी पवित्रा थापा राना निर्वाचित हुनुभएको हो ।

उहाँले ७ सय २६ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । नागरिक लक्षित कार्यक्रम, महिला सशक्तीकरण, शिक्षाको क्षेत्रमा काम गर्ने बताउनुभयो । यस्तै, दोर्दी गाउँपालिका वडा ७ मा नेकपा एमालेकी रिसमाया गुरुङ निर्वाचित हुनुभएको छ । उहाँले ४ सय १९ मत ल्याएर आगामी ५ वर्षका लागि वडाध्यक्षमा चुनिनुभएको हो ।