जनता टाइम्स

८ जेष्ठ २०७९, आईतवार १९:२१

नेपाल र अफगानिस्तानबीचको मैत्रीपूर्ण खेल रद्द


काठमाडौं, ८ जेठ । नेपाल राष्ट्रिय फुटबल टिम र अफगानिस्तानबीच हुने तय भएको मैत्रीपूर्ण खेल रद्द भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले दुई अभ्यास खेल रद्द भएको पुष्टि गर्नुभयो । ‘तय दुवै खेल रद्द भएको छ,’ उहाँले भन्नुभयो । यसअघि एन्फाले एएफसी कप–२०२३ अघि अफगानिस्तानसँग जेठ ११ र १५ गते खेल्ने तय भएको थियो ।

कतारको दोहामा हुने तय भएको खेल अफगानिस्तान टिम आउन नमान्दा रद्द भएको महासचिव तुलाधरले बताउनुभयो । ‘अफगानिस्तान टिम कतार नआउँदा रद्द भएको हो,’ उहाँले भन्नुभयो । यद्यपि नेपाली टिम भने यसै हप्ता कतार भ्रमणमा निस्कने छ । कतारमा रहँदा नेपालले स्थानीय टोलीसँग खेल्नेछ ।

एएफसी कप छनोटमा जेठ अन्तिम साता नेपालले जोर्डन, इन्डोनेसिया र कुवेतसँग खेल्नेछ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा कप्तान किरण कुमार लिम्बू सहित नियमित टोलीका १० खेलाडी बाहिर छन् ।