जनता टाइम्स

८ जेष्ठ २०७९, आईतवार २०:०८

मोरङको रंगेलीमा गठबन्धन पत्तासाफ, एक वडा सदस्यबोहक मेयर-उपमेयरसहित सवै पदमा एमाले बिजयी


मोरङ, जेठ ८ । मोरङको रंगेली नगरपालिकामा नेकपा एमालेले सत्ता गठबन्धनलाई पत्तासाफ गरेको छ । रंगेलीमा प्रमुख र उपप्रमुखसहित ९ वटै वडामा नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन ।

नेकपा एमालेका उम्मेदवार दिलीप बगडियाले १२ हजार ६८१मत प्राप्त गर्दै मेयरमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका मोदराज घिमिरेले ९०६१ मत प्राप्त गर्नुभएको छ । मेयरमा बगोडियाले गठबन्धनबाट कांग्रेसका मोदराज घिमिरेलाई ३ हजार ८ सय मतान्तरले पराजित गरेर लगातार दोस्रो पटक निर्वाचित हुनुभएको हो ।

त्यसैगरी उपमेयरमा एमालेकै भुमा पराजुलीले ११ हजार ७ सय ९० मत ल्याउँदा गठबन्धनका पन्नालाल मण्डलले ५ हजार १ सय ७५ मत ल्याउनु भएको छ । मेयरमा विजयी बगोडया २०७४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट मेयरमा विजयी हुनुभएको थियो ।

उहाँ निर्वाचनको मिति घोषणा भएको केही दिनअघि एमालेमा प्रवेश गरेर मेयरका उम्मेदवार बन्नुभएको हो । रंगेलीमा एक जना वडा सदस्य भने जसपाबाट बिजयी भएका छन । बाँकी सवैमा एमालेले एकल जीत निकालेको हो ।