जनता टाइम्स

९ जेष्ठ २०७९, सोमबार ०६:३३

गठबन्धन हराउदै मोरङको सुन्दरहरैचा नगरपालिकामा एमाले विजयी


विराटनगर, ९ जेठ । मोरङको सुन्दर हरैचा नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । मेयरमा केदारप्रसाद गुरागाईंले कांग्रेसका शिवप्रसाद ढकाललाई ७ सय २७ मतले हराउँदै विजयी हुनुभएको हो । ढकाल निवर्तमान मेयर हुनुहुन्छ । गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याउँदा ढकालले २० हजार ६ सय ७८ मत पाउनुभयो ।

त्यसैगरी उपमेयरमा एमालेकै अकली चौधरी विजयी हुनुभएको छ । उहाँले २२ हजार ४ सय ५२ मत ल्याउँदा माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार ३ सय मत पाउनुभयो । यहाँ कांग्रेस र माओवादी केन्द्रको मेयर र उपमेयरमा गठबन्धन थियो । योसँगै मोरङका १७ पालिकाको अन्तिम परिणाम सकिएको छ ।