पाल्पा, जेठ ९ । पाँच दलीय गठबन्धनलाई हराउँदै पाल्पाको रम्भा गाउँपालिकामा नेकपा एमाले बिजयी बनेको छ । रम्भाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले उम्मेदवार बिजयी भएका हुन ।
निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत रम्भा गाउँपालिका प्रमुखमा एमालेका उम्मेदवार विष्णुप्रसाद भण्डारी ५,५८६ मत ल्याई विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाल नेकपा एकीकृत समाजवादीका उम्मेदवार दुर्गाप्रसाद अधिकारीलाई १,०४४ मतान्तरले पराजित गर्नुभएको हो । पराजित अधिकारीले ४,५४२ मत ल्याउनु भएको छ ।
यस्तै उपाध्यक्षमा एमाले उम्मेदवार राधाकुमारी श्रेष्ठ ५,७१९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले ५,०५८ मत पाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्