जनता टाइम्स

९ जेष्ठ २०७९, सोमबार ००:००

काठमाडौं महानगरमा बालेन साह अगाडि


काठमाडौं, ९ जेठ ।  काठमाडौंको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजारभन्दा धेरै मत ल्याउनु भएको छ ।

महानगरको १ लाख २८ हजार ४ सय ८५ मत गन्दा बालेन साहले ४३ हजार ८ सय ५० मत पाउनु भएको छ ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९ सय ४४ मत पाउनु भएको छ । एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा हुनुहुन्छ । उहाँले २५ हजार ५९ मत पाउनु भएको छ ।