जनता टाइम्स

९ जेष्ठ २०७९, सोमबार ०८:३३

सर्लाहीको बरहथवा नगरपालिकामा नेकपा एमाले विजयी


सर्लाही, ९ जेठ । सर्लाहीको बरहथवा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा कल्पना कटुवाल र उपमेयरमा रामबाबु प्रसाद साह निर्वाचित हुनुभएको हो ।

कटुवाल १२ हजार २ सय ७३ मत ल्याएर मेयरमा निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार देवान्नद महतोले ६ हजार ६ सय ६६ मत प्राप्त गर्नुभयो।

कटुवालले माओवादीका उम्मेदवार महतोले भन्दा ५ हजार ६ सय ७ मत बढी ल्याउनु भएको हो । त्यसैगरी उपमेयरमा पनि नेकपा एमालेका उम्मेदवार साह ९ हजार ९ सय १ मत प्राप्त गरेर निर्वाचित हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार गङ्गा दाहालले ७ सात १ सय २९ मत ल्याउनुभयो ।

बरहथावा नगरपालिकाबाट मेयरमा निर्वाचित कल्पना कटुवाल सर्लाहीका एक मात्र महिला मेयर हुनुहुन्छ । बरहथवा नगरपालिकाको मत परिणाम सार्वजनिक भएसँगै सर्लाहीको २० वटै पालिकाको मत परिणाम सार्वजनिक भएको छ। जसमध्ये नेपाली कांग्रेसले १२, माओवादी केन्द्रले चार, जनता समाजवादी पार्टी ९जसपा०ले दुई, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले एक र नेकपा एमालेले एक पालिका जितेको छ।