जनता टाइम्स

१० जेष्ठ २०७९, मंगलवार ०७:१८

महामन्त्री शर्माको नगरमा कांग्रेस पराजित : एमालेले फर्कायो मेचीनगरमा पुरानो विरासत


काठमाडौं,  जेठ १० । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरमा कांग्रेस पराजित भएको छ । एमालेका उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६,४७८ मत पाएर विजयी बन्दा कांग्रेस उम्मेदवार इन्द्रवहादुर बुढाथोकीले २१,३११ मत पाउनुभयो । शर्माको वडा नम्बर ९ मा पनि कांग्रेस पराजित भयो ।

कांग्रेस उम्मेदवार उद्धव बानियाँलाई एमालेका कन्चन तामाङले हराउनुभयो । तामाङले ३०१८ मत पाउँदा बानियाँले १८५९ मत पाउनुभयो । दमक र भद्रपुरबाहेकका नगरपालिकामा मात्रै पराजित बनेको एमालेले मेचीनगरमा पनि पुरानो विरासत फर्काएको छ ।

२०७४ को निर्वाचनमा गुमाएको विरासतलाई यसपटक फर्काएको हो । उपप्रमुखमा एमालेकी मीना उप्रेती पुनः दोहोरिनुभएको छ । उहाँले २१,५९० मत पाउँदा गठवन्धनका माओवादी उम्मेदवार प्रकाश भण्डारीले १२,८१८मत पाउनुभयो । २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका विमल आचार्य २० हजार ७ सय ७६ मत ल्याएर विजयी हुनुभएको थियो। एमालेले नगरका ११ वडा जितेको छ । कांग्रेसले ३ र माओवादीले एक वडा जितेको छ ।