चितवन, जेठ १० । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी हुनुभएको छ । नेकपा एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजारभन्दा बढी मतले हराउँदै दाहाल भरतपुरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।
सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल १२ हजार ४ सय ४९ मतान्तरले विजयी हुनुभएको छ । दाहालले ५२ हजार ३० मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवेदीले ३९ हजार ५ सय ८१ मत पाउनु भएको छ । यस्तै मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १४ हजार ७ सय २८ मत प्राप्त गर्नुभएको छ ।
२०७४ सालको निर्वाचनमा पनि कांग्रेसले आफ्नो साझा उम्मेदवार बनाएर रेनुलाई मेयरमा बिजयी बनाएको थियो । यसपटक सत्तारुढ ५ ओटै दलले रेनुलाई बिजयी बनाएको हो ।
उमपेयरमा पनि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी हुनुभएको छ । अधिकारीले ५२ हजार ८ सय ३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरूङले ३० हजार ६ सय १२ मत पाउनु भयो । हिमलालाई एमालेको समर्थन थियो ।













प्रतिक्रिया दिनुहोस्