काठमाडौँ, जेठ १० । काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी एक शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै आन्दोलितभएका छन् । कलेजका संयोजकसमेत रहेका सामाजिक विषय पढाउने शिक्षक जनार्दन अधिकारीले केही समययता ११ र १२ कक्षामापढ्ने छात्रालाई दुर्व्यवहार गरेको आरोप उनीहरूले लगाएका छन ।
पटक–पटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा पनि सुनुवाइ नभएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । मंगलबारबिहान कलेज परिसरमा प्रदर्शनपछि उनीहरू महानगरीय प्रहरी वृत्त गौशालाअगाडि नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन् ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको तथा कलेज प्रशासन र विद्यार्थीसँगबुझ्ने काम भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्