जनता टाइम्स

१० जेष्ठ २०७९, मंगलवार १३:३०

यौन दुर्व्यवहार गरेको आरोपमा सेण्ट लरेन्स कलेजका कोअर्डिनेटर पक्राउ


काठमाडौं, १० जेठ । सेण्ट लरेन्स कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी पक्राउ परेका छन् । कलेजमा अध्धयनरत एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो । चावहिलस्थित सेण्ट लरेन्समा अध्यनरत एक छात्रालाई अधिकारीले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेपछि उनी पक्राउ परेका हुन्। कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले कलेज पोशाकमै काठमाडौंको गौशाला प्रहरी वृत्तअगाडि प्रदर्शन गरेका हुन् ।

कलेजका कोअर्डिनेटर अधिकारीले दुई महिना यता लगातार सामाजिक सञ्जाल र कक्षा कोठमा ती छात्रामाथि यौन दुर्व्यवहार गर्ने गरेको आरोप छ । अधिकारीले यस्तो कुरा अरुलाई गरेका ती किशोरीलाई रेस्टिकेड गरिदिने भन्दै धम्की दिने, क्याफेमा शरीरका संवेदनशील अंगमा छुने गरेको समेत आरोप लगाइएको छ ।

कोअर्डिनेटरले फेसबुकमा पनि किशोरीलाई दुर्व्यवहार गरेको ती किशोरीको आरोप छ । ‘तिमीले मिनिस्कर्ट लगाको कस्तो सेक्सी देखिएको कमेन्ट गर्ने, ‘विल यु बि माई बेड पार्टनर ?’, ’तिम्रो घर टाढा छ मेरो घरमै बस, भाडा पनि लिदिनँ, गाडी भाडा पनि मै दिन्छु, कलेजमा पनि फ्री गरिदिन्छु, तिमीले मेरो बेडको स्याटिस्फ्याक्सन पूरा गरिदिनुपर्यो’ भन्थे’, ती किशोरीले आरोप लगाएकी छन् ।