जनता टाइम्स

१० जेष्ठ २०७९, मंगलवार १४:१२

बाराको पचरौता नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी


बारा, १० जेठ । बाराको पचरौता नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ ।एमालेको तर्फबाट मेयर पदमा उम्मेदवार रहेका जलन्धर सिंह ४ हजार ७३२ मत ल्याएर विजयी हुनुभएको हो । उहाकाँ निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार रमेशकुमार यादवले ४ हजार ४६१ मत पाउनुभएको छ ।

पराजित यादव निवर्तमान मेयर हुनुहुन्छ । यस्तै उपमेयरमा एमालेकै नसिमा खातुन ४ हजार ५३८ मत प्राप्त गरि विजयी हुनुभएको छ । उप मेयरको पदको निकटतम प्रतिद्वन्दी लोसपा उम्मेदवार सगुफा खातुनले ४ हजार १६३ मत पाउनुभयो ।