जनता टाइम्स

१० जेष्ठ २०७९, मंगलवार १७:३३

नदी तटबन्ध आगामी वर्ष ९० किलोमिटर निर्माण गर्ने


काठमाडौं, १० जेठ । सरकारले आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध निर्माण गरिने भएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने जानकारी दिनुभएको हो ।

जसबाट ६०० जमिन जोगिने सरकारको लक्ष्य छ । भूमि वर्गीकरण गरी स्थानीय, प्रदेश र संघसहित तीन तहको भू उपयोग योजना तयारी गरिने उहाँले जानकारी दिनुभयो ।