जनता टाइम्स

१० जेष्ठ २०७९, मंगलवार १७:४८

प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना


काठमाडौं, १० जेठ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने भएको छ । आज संघीय संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीले पेस गरेको नीति तथा कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व स्थापित हुने गरी पुनर्संरचना गर्न लागिएको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रोजगारी, सीप विकास र उद्यमशीलतासँग सम्बन्धित कार्यक्रमको प्रभावकारिता अध्ययन गरी एकीकृत रूपमा कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा रहेको नीति तथा कार्यक्रममा समेटिएको छ ।