जनता टाइम्स

१० जेष्ठ २०७९, मंगलवार १९:५७

काठमाडौं महानगरको वडा नम्बर २१ मा एमालेको प्यानल नै विजयी


काठमाडौं, जेठ १० । काठमाडौं महानगरपालिकाको वडा नम्बर २१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । निर्वाचन कार्यालयले गरेको घाषणाअनुसार काठमाडौं महानगरको वडा नम्बर २१ को वडाध्यक्षमा एमालेका उदय चूडामणि बज्राचार्य २ हजार १ मत ल्याएर विजयी हुनुभएको छ ।

सो वडामा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधुसूदन प्रधानले १ हजार ५ सय १३ मत पाउनु भएको छ । सो वडाका सबै वडा सदस्यमा पनि एमालेकै उम्मेदवार विजयी हुनुभएको आयोगले जनाएको छ ।