जनता टाइम्स

१० जेष्ठ २०७९, मंगलवार २३:०३

ललितपुर महानगरमा मेयरमा चिरीबाबु महर्जन, उपमेयरमा एमालेकी शाक्य निर्वाचित


काठमाडौं, १० जेठ ।  ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन दोस्रो पटक निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १ सय ६२ मतान्तरले पराजित गर्नुभएको हो । ललितपुरमा ८६ हजार ५ सय ४० मत खसेकोमा महर्जनले ४२ हजार ७ सय २२ मत ल्याए भने व्यञ्जनकारले २४ हजार ५ सय ६० मात्र मत ल्याउन सफल हुनुभयो ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि दुवै जना आमनेसामने हुनुभएको थियो ।

उपमेयरमा भने एमालेका मञ्जली शाक्य निर्वाचित हुनुभएको छ । शाक्यले गठबन्धनबाट उठेका माओवादी केन्द्रका बाबुराज बज्रचार्यलाई ६ हजार ३ सय ३२ मत अन्तरले पराजीत गर्नुभयो । शाक्यले २५ हजार ८४ मत प्राप्त गर्नुभयो भने बज्रचार्यले १८ हजार ७ सय ५२ मात्र मत प्राप्त गर्नुभएको छ ।