जनता टाइम्स

११ जेष्ठ २०७९, बुधबार ०८:१९

मंगल ग्रहमा यो कस्तो ढोका ?


काठमाडौं, ११ जेठ । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) द्वारा पृथ्वीको छिमेकी ग्रह मंगलमा पठाएको ‘क्युरियोसिटी रोभर’ले त्यहाँको एक रहस्यमय तस्बिर पठाएको छ।

तस्बिरमा मंगल ग्रहको कठोर चट्टानलाई कलात्मक ढंगले काटेर बनाइएको कुनै गुफामा प्रवेश गर्ने ढोकाजस्तो आकृति देखिन्छ। पृथ्वीमा जस्तै गुफा प्रवेश गर्ने ढोकाको तस्बिरले वैज्ञानिकहरूलाई पनि हैरान बनाएको छ।

कतिपयले त्यसलाई कुनै अर्को सभ्यताका जीव मंगल ग्रहमा रहेको प्रमाणका रूपमा पनि हेरेका छन्। त्यसैले सन् २०१२ देखि निरन्तर मंगल ग्रहको जानकारी पठाइरहेको रोभरको यो पछिल्लो तस्बिरबारे थप व्याख्या, विश्लेषणको आवश्यकता महशुस भएको छ।

रोभरले खिचेको यो तस्बिर ७ मेमा नासाले सार्वजनिक गरेको हो। नासाले त्यस तस्बिरलाई ‘सोल ३४६६’ शृंखलाको एक कडीका रूपमा पहिचान दिएको छ। र, ‘मार्स एक्सप्लोरेसन प्रोग्राम’को वेबसाइटमा त्यस तस्बिरलाई विभिन्न फ्रेममा राखिएको छ।

नासाले भनेको छ, ‘यो कुनै एक चट्टानको सानो दरारको ठूलो सट ९तस्बिर० हो।’ त्यस आकृतिलाई सम्पूर्णतासँग हेर्ने हो भने जेजेरो क्रेटरको चट्टानमा त्यो दरार एकदमै सानो देखिन्छ। यो क्रेटरलाई केही साताअघि रोभरले पत्ता लगाएको थियो।

नासाको प्रोपल्सन ल्याबोरेटरी (जेपीएल)का वैज्ञानिकहरूका अनुसार त्यो दरारको आकार ४५ सेन्टिमिटर लामो र ३० सेन्टिममिटर चौडाइको छ। बेलायतका भूगर्भशास्त्री निल होजसनको भनाइमा यो आकृति उत्सुकता पैदा गर्ने प्रकृतिको छ तर रहस्यमय छैन।