काठमाडौं, ११ जेठ । काठमाडौं महानगरको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित निश्चत भएको छ । गणना हुन बाँकीभन्दा प्रतिस्पर्धीसँगको मतान्तर धेरै भएकाले उहाँको जित सुनिश्चित भएको छ ।काठमाडौंमा कुल खसेको करिब एक लाख ९१ हजार मतमध्ये उहाँले करिब ६० हजार मत पाउनुभएको छ ।
उहाँका प्रतिस्पर्धी नेकपा एका रामेश्वर श्रेष्ठले करिब २० हजार मत पाउनुभएको छ । उहाँहरुबीच करिब ४० हजारको मतान्तर छ ।अब गणना हुन करिब २४ हजार मत सबै श्रेष्ठलाई गए पनि डंगोलले जित्ने निश्चित भएको देखिन्छ । मेयरमा पनि स्वतन्त्र उम्मेदवार बालेन साहको जित निश्चितप्रायः भएको छ ।
अहिलेसम्मको गणनाअनुसार स्वतन्त्र उम्मेदवार साहले ५४७३९ मत प्राप्त गर्नुभएको छ भे भने प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३४५७० मत पाउनुभएको छ । एमाले उम्मेदवार केशव स्थापितले ३३९२१ मत पाउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्