जनता टाइम्स

११ जेष्ठ २०७९, बुधबार २१:१८

दैलेखमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु


दैलेख, ११ जेठ ।  दैलेखमा बुधबार राति बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ । कालीकोट जितेगडाबाट सुर्खेत आउँदै गरेको म ख १६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका सिस्नेमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको निर्वतमान मेयर खड्गराज उपाध्यायले जानकारी दिनुभयो ।

सुर्खेतबाट आउँदै गरेको बस दुर्घटना भएको छ । अहिलेसम्म ४ जनाको शव भेटिएको छ । निवर्तमान मेयर उपाध्यायका अनुसार बस यात्रुले खचाखच भरिएका थिए । अन्यको अवस्था के छ भन्ने जानकारी आइनसकेको उहाँले बताउनुभयो । अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।बस दुर्घटनाको कारण खुलिसकेको छैन । बस सडकबाट करिब ५० मिटर तल खसेको छ ।