जनता टाइम्स

१२ जेष्ठ २०७९, बिहीबार ०७:५४

देशका धेरै ठाउँको मौसम अहिले सफा, पहाडी क्षेत्रमा भने मौसम आंशिकदेखि सामान्य बद्ली


काठमाडौं, १२ जेठ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । हिजो भने धेरै ठाउँमा दिनभरजसो पानी परेको थियो ।लगातार जलवाष्पयुक्त हावाको बहावका कारण हिजो दिनभरजसो पानी परे पनि आज त्यस्तो सम्भावना नरहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

उहाँका अनुसार दिउँसोसम्म नै आज घाम लाग्ने सम्भावना छ ।त्यसपछि भने बादल लाग्ने र काठमाण्डौसहित केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । अहिले देशका धेरै ठाउँको मौसम सफा भए पनि प्रदेश १, गण्डकी, सुदूरपश्चिम र कर्णाली जिल्लाका पहाडी क्षेत्रमा भने मौसम आंशिकदेखि सामान्य बद्ली छ ।