जनता टाइम्स

१२ जेष्ठ २०७९, बिहीबार ०७:५९

धरानका मेयर हर्क साम्पाङ खानेपानीको मुहान पुगेपछि…


काठमाडौं, १२ जेठ । धरानका नवनियुक्त मेयर हर्क साम्पाङ फिल्डमा खटिनुभएइको छ । देशभरका अधिकांश मेयरहरु जितको खुशियाली मनाइरहँदा साम्पाङ भने फिल्डमा खटिएर काम गर्नुभएको हो । साम्पाङ बुधवार धरानको खानेपानी मुहानमा पुगेर सरसफाई गर्न निर्देशन दिनुभयो । उहाँले मुहानमा कमजोरी सच्याउन निर्देशन दिनुभएको हो ।

उहाँ आफै सरसफाईमा सक्रिय हुनुभएको थियो । साम्पाङले आफ्नो पहिलो उद्देश्य धरानको खानेपानीको समस्या समाधान गर्नु रहेको बताउनुएको छ । उहाँले चुनावमा जितेपछि खुशी मनाउने भन्दा काम गरेर देखाउने बताउनुभएको छ ।