जनता टाइम्स

१२ जेष्ठ २०७९, बिहीबार १७:२१

युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा स्वास्थ्यका कर्मचारी निलम्बित


काठमाडौं, १२ जेठ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यौन दुर्व्यवहारको आरोपमा तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

झाले परिषद्मा इन्टर्नसिप आएकी एक युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा निलम्बन गरी कारबाही प्रक्रियालाई अगाडि बढाएको परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताउनुभयो ।

युवतीले दुर्व्यवहार भएको भन्दै परिषद्मा निवेदन दिएकी थिइन् । सो निवेदनका आधारमा सोधपुछ गर्दा घटना पुष्टि भएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको परिषद्ले जनाएको छ ।