जनता टाइम्स

१२ जेष्ठ २०७९, बिहीबार १९:२५

निजगढ विमानस्थलबारे सर्वोच्चको फैसला घातक र प्रतिगामी : योगेश भट्टराई


काठमाडौं, १२ जेठ । नेकपा एमालेका सचिव योगेश भट्टराईले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्च अदालतले गरेको फैसलाको कडा आलोचना गर्नुभयो । उहाँले सर्वोच्चको निर्णयलाई ‘घातक र प्रतिगामी’ संज्ञा दिनुभएको छ । आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै भट्टराईले यो विमानस्थल नेपालको हवाई उड्डयनको गेम चेञ्जर आयोजना भएको बताउनुभएको हो ।

सर्वोच्चको निर्णयबारे उहाँले लेख्नुभएको छ,‘यो नेपालको हवाई उड्डयनको गेम चेन्जर आयोजना र त्यस मार्फत मुलुकको सम्मृद्धिको यात्रामाथिको बलत हस्तक्षेप हो ।’ पूर्वपर्यटनमन्त्री रहनुभएको उहाँले न्यायधीसहरुलाई यो निर्णय सच्याउन आह्वानसमेत गर्नुभयो ।