जनता टाइम्स

१३ जेष्ठ २०७९, शुक्रबार ०८:४७

काठमाडौंको मेयरमा ५२ उम्मेदवारको जमानत जफत


काठमाडौं, जेठ १३ । काठमाडौं महानगरपालिकाको मेयरमा तीन उम्मेदवारबाहेकको जमानत जफत भएको छ ।मेयरमा निर्वाचित स्वतन्त्र उम्मेदवार बालेन साह, निकटतम प्रतिस्पर्धी काँग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितबाहेक सबैको जमानत जफत भएको हो । कुनै पनि उम्मेदवारले जमानत बचाउन खसेको सदर मतको १० प्रतिशत ल्याउनुपर्छ ।

काठमाडौंको मेयरमा १ लाख ५९ हजार ९ सय ६ मत सदर भएको थियो । स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७ सय ७० मत ल्याएर पनि जमानत जोगाउन सक्नुभएन । उहाँले पाएको मत ८.६१ प्रतिशत मात्र हो । राप्रपाका मदनदास श्रेष्ठले ५ हजार ७ सय ७०, विवेकशील साझाकी समीक्षा बाँस्कोटाले ६ सय ४७ मत प्राप्त गर्नुभएको छ । काठमाडौं महानगरको मेयरमा ५५ उम्मेदवार थिए । जसमध्ये एक उम्मेदवारले शून्य मत पाए । १४ जनाले १० भन्दा कम मत पाए । १ सयभन्दा कम मत पाउने उम्मेदवारको संख्या ४५ छ ।

मेयरका उम्मेदवार र प्राप्त मत
वालेन्द्र साह(स्वतन्त्र) ६१७६७ विजयी
सिर्जना श्रेष्ठ(कांग्रेस) ३८३४१
केशव स्थापीत(एमाले) ३८११७
सुमन सायमी(स्वतन्त्र) १३७७०
मदन दास श्रेष्ठ(राप्रपा) ५७७०
समिक्षा बास्कोटा(विवेकशील साझा) ६४७
प्रेमसागर कर्माचार्य(उन्‍नत लोकतन्त्र पार्टी) २१४
सुशील थापा क्षेत्री(स्वतन्त्र) १९५
सुरेन्द्र महर्जन(नेमकिपा) १६५
निश्चल जोशी(नेपाली जनता दल) १२५
भक्तराज भुसाल(नेपाली कांग्रेस बीपी) ५९
विजय प्रकाश सैजु(नेपाः राष्ट्रिय पार्टी) ५४
रुपा सुवाल(आमूल परिवर्तन मसिहा पार्टी) ५१
बाबुराजा संगत(स्वतन्त्र) ४३
मनोज राज आचार्य(मौलिक जरोकिलो पार्टी) ४१
मधुसुदन खड्का केसी(स्वतन्त्र) ३९
सैलेश ढुंगाना(स्वतन्त्र) ३४
सीता तामाङ(मंगोल नेशनल अर्गनाइजेसन) ३०
निमकान्त पाण्डे(स्वतन्त्र) २९
सुरेश रत्‍न बज्राचार्य(आधुनिक नेपाल समाजवादी) २८
विजय मानन्धर(स्वतन्त्र) २५
रामबहादुर खड्का(नेपाल समावेशी पार्टी) २४
महेन्द्र प्रजापती(स्वतन्त्र) २४
सरिता घिमिरे(नेपाल जनता पार्टी) २१
विनय स्थापित(स्वतन्त्र) २०
अमोट महर्जन(स्वतन्त्र) २०
डिल्ली राम राजभण्डारी(सचेत नेपाली पार्टी) १९
पियरत्‍न महर्जन(नेपाल परिवार दल) १६
रविकान्त मानन्धर(स्वतन्त्र) १६
काजीलाल श्रेष्‍ठ(नेकपा समाजवादी) १५
बच्पनराज श्रेष्ठ(स्वतन्त्र) १५
सन्देश शाक्‍य(स्वतन्त्र) १५
सुरज श्रेष्ठ(संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) १४
सूर्य थापा श्रेष्ठ (स्वतन्त्र) १४
न्हुज मान्नधर(स्वतन्त्र) १३
राहुल मानान्धर(स्वतन्त्र) १३
आनन्दराज जोशी(राष्ट्रिय यथार्थवादी पार्टी) ११
दिपक सिलवाल(स्वतन्त्र) ११
राजेन्द्र बस्नेत(स्वतन्त्र) ११
कान्ति तुलाधर बज्राचार्य(स्वतन्त्र) १०
सरेन्द्र बज्राचार्य(स्वतन्त्र) १०
सुनिल श्रेष्‍ठ(स्वतन्त्र) ८
ज्ञानु लामा तामाङ(स्वतन्त्र) ७
इन्द्रमणि कपाली(स्वतन्त्र) ६
शैलेन्द्र मान श्रेष्‍ठ(स्वतन्त्र) ४
उमेशकुमार सिंह(स्वतन्त्र) ४
रजितमान शाक्य(स्वतन्त्र) ४
स्वईट थापा(स्वतन्त्र) ३
विपीन राज वैद्य(स्वतन्त्र) ३
किरण रंजित(स्वतन्त्र) ३
जेठा महर्जन(स्वतन्त्र) ३
प्रणेशबहादुर मल्ल(स्वतन्त्र) २
मनिस श्रेष्ठ(स्वतन्त्र) २
राजन कार्की(स्वतन्त्र) १
रोशन शाही(स्वतन्त्र) ०