जनता टाइम्स

१३ जेष्ठ २०७९, शुक्रबार १४:३५

आगलागी नियन्त्रणसँगै मुग्लिन–नारायणगढ सडक खुल्यो


काठमाडौँ, १३ जेठ । ग्यास बुलेटमा भएको आगलागी नियन्त्रणमा आएसँगै मुग्लिन–नारायणगढ सडक खुलेको छ । आगो नियन्त्रणमा आएसँगै दुवैतर्फका गाडीहरू गुड्न थालेको प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिनुभयो ।मुग्लिननारायणगढ सडकखण्डस्थित पन्ध्रकिलो भन्ने ठाउँमा भारतको उडिसाबाट धादिङ आउँदै गरेको ग्यास बुलेट बिजुलीको पोलमा ठोक्किएर आगलागी भएको थियो ।यूपी १७ एटी ८६२७ नम्बर प्लेटको भारतीय ग्यास बुलेटमा आगलागी भएको थियो । आगो दिउँसो साढे १ बजे नियन्त्रणमा आएपछि सवारीसाधन चल्न सुरु गरेको प्रहरीले जनाएको छ ।