जनता टाइम्स

१३ जेष्ठ २०७९, शुक्रबार ००:००

स्याङजामा प्याराग्लाइडिङ दुर्घटना


पोखरा, १३ जेठ । स्याङजामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजना घाइते हुनुभएको छ । स्वरेक मैदानमा प्याराग्लाइडिङबाट खसेर स्थानीय लक्ष्मी अर्याल घाइते हुनुभएको हो ।

उहाँको टाउको र खुट्टामा चोट लागेको प्रहरी प्रबक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो । थप उपचारका लागि उहाँलाई पोखरा ल्याइएको छ । स्वरेकमा प्याराग्लाइडिङ सिक्ने क्रममा उहाँ खस्नुभएको हो ।