जनता टाइम्स

१४ जेष्ठ २०७९, शनिबार १९:३६

पुनः मतदान हुँदा अछाममा एमालेका कुँवर विजयी


अछाम, १४ जेठ । अछाममा पुनः भएको मतगणनामा एमाले विजयी भएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा पुनः भएको मतदानमा एमाले विजयी भएको हो । जसमा वडा अध्यक्ष रूप बहादुर कुँवर ५९९ मत ल्याई विजयी हुनुभएको छ । यहाँ बैशाख ३० गतेको निर्वाचनमा गठबन्धन र एमाले कार्यकर्ताबीच झगडा भएपछि मतदान स्थागित भएको थियो ।

दोस्रो मतदानमा एकीकृत समाजवादीका उम्मेदवार एमालेसँग ४० मतले पराजित भएको हो । जसमा समाजवादीका उम्मेदवारले ५६९ मत प्राप्त गरेका थिए । त्यस्तै वडा सदस्यहरुमा पनि ३ जना एमालेबाट निर्वाचित भएका छन् । एक खुला सदस्यमा भने नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।