जनता टाइम्स

३० असार २०७६, सोमबार १४:५३

घुससहित होटलबाट रङ्गेहात समातिए भोजपुरका सिनियर डिभिजनल ईन्जिनियर


काठमाडौं, असार ३० । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका सिनियर डिभिजनल ईन्जिनियरलाई घुससहित पक्राउ गरेको छ । अख्तियारका अनुसार सिडिइ मोहन बाबु यादवलाई सेवाग्राहीसँग १ लाख ८० हजार रुपैयाँ घुसलिइसकेको अवस्थामा पक्राउ गरिएको हो ।

उनले खोला सिँचाई कार्यक्रमको रनिङ बिल पास गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अख्तियारले जनाएको छ । ‘जलश्रोत तथा सिंचाइ विकास डिभिजन भोजपुरका सिडिई मोहन बाबु यादवले षडानन्द नगरपालिका वार्ड नं १३ बोयामा रहेको छाँगे खोला सिंचाइ कार्यक्रमको रनिङ विल पास गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज सिडिई मोहन बाबु यादवलाई,’ अख्तियारले भनेको छ, ‘सेवाग्राहीसँग रू १,८०,०००।– (अक्षरुपी एक लाख अस्सी हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित भोजपुर नगरपालिका वार्ड नं ७ मा रहेकी फुपू भदैनी होटलबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।’