जनता टाइम्स

१५ जेष्ठ २०७९, आईतवार ११:४२

तारा एयरको विमान लेतेमाथिको पहाडमा ठोक्किएर दुर्घटना भएको सूचना, घटनास्थल पुग्दै प्रहरी


काठमाडौं, १५ जेठ। पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन–एइटी जहाज मुस्ताङको लेतेभन्दा माथिको पहाडमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ । टिटी तालभन्दा पारिपट्टी हिमाली रेन्ज सुरू हुने ठाउँबाट ठूलो आवाज आएको स्थानीयले बताएका छन् ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक डीएसपी तिलक भारतीले सो क्षेत्रमा ठूलो आवाज आएको जानकारी पाइएको बताउनुभयो ।। मुस्ताङबाट दुर्घटनाग्रस्त क्षेत्रमा हेलिकप्टर पठाइएको छ । बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान माछापुच्छ्रे र धौलागिरी हिमालको खोँच कटेपछि सम्पर्कविहीन भएको थियो । विमानमा चालकदलका सदस्यसहित ६ जना विदेशी र १३ जना नेपाली नागरिक थिए ।